बाराबाट ८० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ।
वीरगञ्ज– सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका –१४ का १८ वर्षीय राजन पासवान रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको प्र.२–०३–००९प ३७५६ नम्बरको मोटरसाइकल उनीहरु सवार रहेका थिए ।
सशस्त्र पहरी बलको नेपाल इन्टेलिजेन्स व्यूरोको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिए । उनीहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


