वीरगञ्ज, अशोज २
वीरगञ्जमा टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री प्रवर्द्धनलाई लक्षित गर्दै दशैं, तिहार र छठ पर्वका अवसरमा विशेष अफर सार्वजनिक गरिएको छ। विश्वकर्मा पूजाको अवसर पारेर अंकित ट्रेड कन्सर्नले टीभीएसका मोटरसाइकल तथा स्कुटरमा विभिन्न छुट तथा आकर्षक योजना ल्याएको हो।
अंकित ट्रेड कन्सर्नका निर्देशक माधव राजपालका अनुसार पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर खरिदमा तीन प्रकारका अफर उपलब्ध गराइएको छ। योजनाअन्तर्गत ग्राहकले ६ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म नगद छुट, साढे २ ग्रामसम्मको सुनको चाबी तथा शतप्रतिशत क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, टीभीएसका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि विशेष छुटको व्यवस्था गरिएको छ। विद्युतीयतर्फ ६ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मको छुट उपलब्ध गराइएको राजपालले जानकारी दिए। दशैं, तिहार तथा छठजस्ता प्रमुख पर्वलाई लक्षित गरी ल्याइएको यस योजनाबाट ग्राहकले आफ्नो रोजाइअनुसार टीभीएसका विभिन्न मोडल खरिद गर्दा थप सुविधा पाउने कम्पनीको भनाइ छ।
वीरगञ्जमा टीभीएसको शोरुम सञ्चालनमा आएको अवसरलाई समेत लक्षित गर्दै अंकित ट्रेड कन्सर्नले विश्वकर्मा पूजाको अवसर पारेर शोरुममा विशेष कार्यक्रम आयोजना गरेको थियो। सोही अवसरमा नयाँ पर्व विशेष अफर सार्वजनिक गरिएको हो।
अंकित ट्रेड कन्सर्नका निर्देशक माधव राजपालका अनुसार कम्पनीले विद्युतीय तथा पेट्रोलबाट चल्ने दुवै प्रकारका सवारीसाधन बिक्रीका लागि उपलब्ध गराएको छ। विद्युतीय स्कुटरतर्फ टीभीएस आईक्यूबका ३ तथा ३.५ किलोवाट क्षमताका मोडल बिक्रीका लागि राखिएको उनले बताए।
यसैगरी पेट्रोलबाट चल्ने स्कुटरतर्फ एनटर्क १२५ सीसी र जुपिटर ११० सीसी मोडल उपलब्ध छन्। मोटरसाइकलतर्फ अपाचे १६० र १२५ सीसी, रेडर १२५ सीसी तथा रेडियन १२५ सीसी लगायतका मोडल शोरुममा बिक्रीका लागि राखिएको जनाइएको छ। साथै रोनिन, रोनिन एगोडा र मोनोटोन लगायतका मोटरसाइकल पनि ग्राहकका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
पर्वको समयमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको विशेष अफरले टीभीएसका विभिन्न मोडलमा थप सुविधा उपलब्ध गराउने कम्पनीको विश्वास छ। कम्पनीले ग्राहकलाई शोरुममा आएर उपलब्ध मोडल, छुट तथा अफरबारे विस्तृत जानकारी लिन आग्रह गरेको छ।


