सबैठवाबाट १० लाख ५८ हजार रुपैयाँभन्दा बढीको अवैध कपडा बरामद।
वीरगंज । पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा बरामद गरेको हो ।
बेवारिसे अवस्थामा फेला परेको विभिन्न किसिमका कपडालाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


