Birgunj News24
बिरगंज भन्सारको भदौ महिनाको राजस्व सङ्कलन २३ अर्ब ४६ करोड।

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले भदौ महिनामा साढे २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले सार्वजनिक गरेको भदौ ३१ गते सम्म एक महिनाको अवधिमा २३ अर्ब ४६ करोड १५ लाख रुपैंया संकलन गरेको हो ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आवको भदौ ३१ गतेसम्मको अवधिमा संकलन गरेको राजस्व लक्ष्यको ९९.७५ प्रतिशत हो ।

यो सँगै वार्षिक लक्ष्यको १४.५२% राजस्व असुल भइसकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिए ।

मूल्य र राजस्वका आधारमा बिस्कुट रु. १ अर्ब ७८ करोड, दलहनका विभिन्न प्रकार रु. १ अर्ब ४६ करोड, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न आयात राजस्व संकलमा योगदान दिने प्रमुख वस्तु रहेका छन्।

आर्थिक वर्षको प्रारम्भिक महिनाहरूमा आयात तथा निर्यात व्यापारको अवस्थालाई विश्लेषण गर्दा भन्सार प्रशासनले आफ्नो लक्ष्यको नजिक पुग्ने गरी राजस्व असुलीलाई निरन्तरता दिइरहेको देखिएको छ।

भदौ ३१ गते एक दिनमा मात्रै कूल ४४ करोड ७२ लाख ५० हजार राजस्व सङ्कलन भएको छ। उक्त दिन भन्सार कार्यालयलाई रु.५८ करोड २४ लाख दैनिक राजस्व सङ्कलनको लक्ष्य दिइएकोमा प्रगति ७६.७९ प्रतिशत रहेको छ।

सोही दिन भन्सार विन्दुबाट पैठारी भई जाँचपास भएका मुख्य २० वस्तुहरूबाट मात्रै रु. ४१ करोड ८३ लाख राजस्व सङ्कलन भएको छ। सम्भार :- ट्रिव्युन न्यूज

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update