पर्सा । पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले कारबाही गर्ने आश्वासन दिए पनि आफ्नो उजुरी दर्ता नभएको भन्दै अखिलेश जीले प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न उठाएका छन्।
अखिलेश जीका अनुसार एसपी भट्टराईले बिहानसम्म आफूलाई ढुक्क हुन आग्रह गर्दै गल्ती गर्नेलाई, चाहे जोसुकै भए पनि, कारबाही गर्ने आश्वासन दिएका थिए। तर दिउँसोदेखि फोनसमेत नउठाएको उनको गुनासो छ। उजुरी दर्ता गर्न जान्दा श्रीपुर का इन्स पेक्तर साब ले म काम मा छु भने र पन्छिनु भयो ।
उनले वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सा दुवै ठाउँमा आफ्नो मुद्दा दर्ता नभएको बताएका छन्। उजुरी दर्ता हुन नसक्नुको कारण के हो र प्रहरी प्रशासन कसैको प्रभावमा परेको हो कि भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
“नेपाल प्रहरी कुनै व्यक्तिविशेषको होइन, सम्पूर्ण जन्ता को हो । (नाम बडा दर्शन छोटा)
जिल्ला प्रहरी कार्यलाय ले एउटा पीडित लाई त नया य दिन सकेन भने सर्ब सधारन लाई के नयाय देला ??


