४८ घण्टे अल्टिमेटम! सुदूरपश्चिमका ३६ प्रहरी चालकलाई दरबन्दीमै फर्काउन डीआईजीको कडा निर्देशन।
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत सवारी चालक प्रहरी कर्मचारीलाई अब दरबन्दीअनुसारकै कार्यालयमा खटाउन डीआईजी सानुराम भट्टराईले कडा निर्देशन दिएका छन्।
दरबन्दी भएको ठाउँभन्दा अन्य प्रहरी कार्यालयमा कार्यरत ३६ जना सवारी चालकलाई सम्बन्धित दरबन्दीमै फिर्ता पठाउन निर्देशन दिइएको हो।
डीआईजी भट्टराईले मातहतका प्रहरी कार्यालयलाई पत्राचार गर्दै कुनै बहाना नगरी ४८ घण्टाभित्र रमाना गरिसक्न स्पष्ट निर्देशन दिएका छन्।
प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनलाई दरबन्दीअनुसार व्यवस्थित गर्ने उद्देश्यले आएको यो निर्देशनले जहाँ दरबन्दी, त्यहीँ जिम्मेवारी भन्ने सन्देश दिएको छ।
४८ घण्टाको समयसीमा—अब निर्देशन कार्यान्वयन हुन्छ कि फेरि कागजमै सीमित हुन्छ? निगरानीको विषय बनेको छ। :- साभार ए एम जि टाइम्स
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


