Birgunj News24
*कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्यो, उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने*।

*कांग्रेसको जिल्ला अधिवेशनको तयारी तीव्र, वीरगंजमा निधि र चौधरीको विशेष उपस्थिति रहने*

*कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, क्षेत्रीय तथा नगर अधिवेशन उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने*

वीरगंज/ नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का प्रदेशसभा क्षेत्र (क) र (ख), नगर तथा क्षेत्रीय अधिवेशनको तयारी तीव्र पारिएको छ।

अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा सहभागी भई उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीको विशिष्ट उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजक विजय कर्णले अधिवेशनको तयारी र उद्घाटन समारोहबारे जानकारी गराउनुभएको हो।

पत्रकार सम्मेलनमा रोशन लामिछाने, शम्भु चौहान मनोज शाह, सञ्जय चतुर्वेदी, मनोज यादव, पुरुषोत्तम पटेल, रामनाथ कुर्मी र रमेश साहलगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update