Birgunj News24
वीरगञ्जमा KPL सिजन–२ को खेलाडी अक्सन सम्पन्न, ८८ खेलाडी विभिन्न टोलीमा आबद्ध ।

कार्यक्रममा वक्ताहरूले KPL ले कायस्थ समुदायका युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायभित्र एकता, भाइचारा र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
आयोजक समितिका अनुसार KPL सिजन–२ आगामी २०८३ कार्तिक २३ र २४ गते वीरगञ्जस्थित आदर्शनगर खेल मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा आठवटा टोलीबीच प्रतिस्पर्धात्मक क्रिकेट खेल सञ्चालन हुनेछन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कोर कमिटीका सदस्य, टोलीका पदाधिकारी, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ। साथै कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा योगदान पुर्‍याउने चन्दन श्रीवास्तव, कृष्णा श्रीवास्तव, चन्दन कुमार श्रीवास्तव, प्रेम श्रीवास्तव र मिहिर कुमार कर्णप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।
**कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ आयोजक समिति**ले प्रतियोगितालाई सफल, व्यवस्थित तथा स्मरणीय बनाउन सबैको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update