Birgunj News24
भारतीय महावाणिज्य दूतावास वीरगन्जको हिन्दी दिवस समारोहमा कवि–कवयित्रीको विशेष प्रस्तुति ।

वीरगन्ज आनन्द पटेल ।

हिन्दी दिवसको अवसरमा सोमबार भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा हिन्दी कवि सम्मेलन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भारतका लागि वीरगन्ज स्थित महावाणिज्य दूत श्री देवी सहाय मीनाले विभिन्न कवि तथा कवयित्रीद्वारा प्रस्तुत कविता वाचनले कार्यक्रमलाई थप रोचक र साहित्यिक बनाएको बताए। उनले कविता प्रस्तुत गर्ने सबै स्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै महावाणिज्य दूत मीनाले हिन्दी भाषा विश्वमा सबैभन्दा बढी बोलिने भाषा मध्ये तेस्रो स्थानमा रहेको उल्लेख गर्दै यसको लोकप्रियता र प्रयोग निरन्तर विस्तार हुँदै गएको बताए। हिन्दी भाषाले व्यक्ति–व्यक्तिबीचको सम्बन्ध, व्यापार–व्यवसाय, आपसी कुराकानी तथा मनोरञ्जन लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।

साहित्यकार तथा पत्रकार चन्द्रकिशोर झाले हिन्दी भाषा नेपाल र भारतबीचको साझा पारिवारिक तथा सांस्कृतिक भाषाका रूपमा रहेको बताए। उनले हिन्दी भाषाले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा चन्द्र किशोर झा, सतीश चन्द्र सजल, डा. शिवशंकर  यादव,  प्रमोद पाण्डेय, हेरम्ब, रमन पाण्डेय, एन. गीता कर्ण, जानकी होसवामी, सीमा कर्ण, प्रिया मिश्रा, अस्मिता पटेल र कनिका कौशिक लगायत कवि तथा कवयित्रीहरूले आफ्ना रचना वाचन गरेका थिए।

कवि तथा कवयित्रीहरूले प्रस्तुत गरेका विभिन्न भाव र शैलीका कविताले कार्यक्रमको वातावरणलाई थप साहित्यिक र रंगीन बनाएको थियो। कार्यक्रममा सहभागी कवि तथा कवयित्रीहरूलाई दोसल्लासहित सम्मान गर्नुका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन वाणिज्य दूत मनीष दासले गरेका थिए। कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका अधिकारी, साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update