वीरगंजमा टीभीएसको महा एक्सचेन्ज अफर सुरु, १० लाखसम्म छुटको अवसर
चाडपर्वलाई लक्षित गर्दै वीरगंजमा टीभीएसको ‘अब सबैको महा एक्सचेन्ज’ अफर सुरु गरिएको छ । पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्जस्थित नारायणी यातायात नजिक रहेको टीभीएसको मुख्य बिक्रेता अंकित ट्रेड कन्सर्नको आयोजनामा सञ्चालन भइरहेको अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटरको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन् । कम्पनीले पुरानो सवारीसाधनको उचित मूल्यांकनसँगै नयाँ सवारीसाधन खरिदमा विभिन्न आकर्षक छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ ।
अफरअन्तर्गत पुरानो सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर रहेको छ । त्यस्तै, ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनुका साथै ‘गोल्डेन की’ जित्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन् ।
अंकित ट्रेड कन्सर्नका सञ्चालक माधवराज पालका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको उक्त अफरबाट ग्राहकले कम्तीमा एक सातासम्म एक्सचेन्जको लाभ लिन सक्नेछन् भने अफर छठपर्व सम्म रहने बताए ।। उनले विद्युतीय स्कुटरसमेत आकर्षक मूल्यमा उपलब्ध रहेको जानकारी दिँदै किस्ताबन्दीमा सवारीसाधन खरिद गर्ने सुविधा पनि रहेको बताए ।
कम्पनीका अनुसार एक्सचेन्ज अफरमा सहभागी ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दीमा नयाँ सवारीसाधन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पुरानो सवारीसाधनको मूल्यांकनदेखि नयाँ सवारीसाधन खरिदसम्म ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस अफरले पुरानो बाइक वा स्कुटर प्रयोग गरिरहेका ग्राहकलाई नयाँ प्रविधि र सुविधासहितका टीभीएस सवारीसाधन खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

