Birgunj News24
लायन्स क्लब द्वारा ममता विद्या मन्दिर कलेजमा निशुल्क दन्त शिविरको आयोजना ,७५ जना लाभान्वित ।

लालबाबु सिंह २१ असोज बिरगंज ।
लायन्स क्लब अफ बिरगंज र लायन्स क्लब अफ लाईफ लाईन द्वारा सन्युक्त आयोजना एवं एभरेस्ट दन्त सेवा केन्द्र प्रा लि बिरगंजको सहयोगमा बिरगंज १२ ब्रहमचोक स्तिथ ममता विद्या मन्दिर कलेजमा निशुल्क दन्त चेकजाँच शिविर कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । 
 एभरेस्ट दन्त सेवा केन्द्र बिरगंजका दन्तरोग विशेषज्ञहरू डा.मनोज उपाध्याय,डा. चन्द्र कान्त पासवान,डा. पुष्कर तिवारीले कलेजमा अध्ययनरत ७५ जना  बिद्यार्थीहरुको निशुल्क रुपमा दात चेकजाँच गरि आवश्यक स्वास्थय परामर्श दिएको लायन्स क्लब अफ लाईफ लाईन का सचिव लालबाबु सिंहले बताएका हुन ।

लायन्स क्लब अफ बिरगंजका अध्यक्ष गोबिन्द प्रसाद कानु को अध्यक्षता एवं लायन्स क्लब का डिष्ट्रीक गभर्नर रामबिहारी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथीहरु लायन्स क्लबका एरिया चिफ सुनिल कुमार गुप्ता,रिजन चेयर पर्सन डा. मनोज उपाध्याय,रिजन चेयर पर्सन भानुभक्त अधिकारी ,डा. चन्द्र कान्त पासवान ,डा. पुष्कर तिवारी ,ममता विद्या मन्दिर कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ता,प्रबन्ध निर्देशक विश्वास साह,प्रधानाध्यापक डा. राम प्रसाद सोनि ,लियो क्लबक्क्क सुशील प्रसाद कुश्वाहा,रामपुकार प्रसाद यादव,झलक कुमार साह लगायत एभरेस्ट दन्त सेवा केन्द्रका सहयोगिहरु,कलेज का शिक्षक बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
 
सो अवसरमा प्रमुख अतिथी पाण्डेले हामी सेवा गर्छौ को मुलमन्त्रलाइ आत्मसात गरि लायन्स क्लबको विश्वब्यापी सेवा अन्तर्गत स्वास्थ्य नै धन हो भन्दै हामी सबैले आआफ्नो स्वास्थ्य प्रती सचेत जागरुक रहनु पर्दछ भन्दै आज शिक्षाको मन्दिर यस कलेजमा अध्ययनरत बिद्यार्थी भाइबहिनिहरुलाइ निशुल्क दात चेकजाँच गरि स्वास्थ्य सम्बन्धि सचेतना फैलाएर सेवा गरिएको बताउदै आयोजक दुबै लायन्स क्लब ,सहयोगी एभरेस्ट दन्त सेवा केन्द्र र कलेज परिवारलाइ धन्यवाद दिएका थिए ।

सो अवसरमा कलेजका अध्यक्ष समाजसेवी शम्भु प्रसाद गुप्ताले हामी आफ्ना विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षाको साथै स्वास्थ्य सचेतना एवं अतिरिक्त कृयाकलाप जो सिधा हाम्रो स्वास्थ्य र पढाइ संग सम्बन्धित हुन्छ तयस्को लागि कलेजमा र बाहिर पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जागरुकता फैलाउने गर्छौ र आज लायन्स क्लबका टोलि आएर आफू संगै विशेषज्ञ डाक्टरहरुको टिम ल्याएर दात चेकजाँच एवं परामर्श दिदै सचेतना जागरुक गर्नुभएको सम्पुर्णमा हार्दिक आभार जताउनु भयो ।

कार्यक्रमका अध्यक्ष कानुले सहयोगी एभरेस्ट दन्त सेवा केन्द्र का डाक्टर एवं सहयोगी टिम को साथै कलेज परिवार र क्लबका सहभागी सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update