Birgunj News24
नेपाली कांग्रेस वीरगञ्ज महानगर सभापतिमा मनोज साह सर्वसम्मत चयन।

वीरगञ्ज । नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिकाको सभापतिमा मनोज कुमार साह सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न महानगर अधिवेशनबाट साह सभापतिमा चयन भएका हुन्।

अधिवेशनले महानगरको सचिवमा आदित्य उपाध्यायलाई चयन गरेको छ।

पार्टीको क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा महानगर, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्र र बहुदरमाई नगरका सभापतिहरूको घोषणा गरिएको हो।मनोज साहको सर्वसम्मत चयनलाई नेपाली कांग्रेस वीरगञ्ज महानगरको संगठनात्मक एकता, आपसी सहमति र नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ। नयाँ नेतृत्वले पार्टीको संगठनलाई वडा तहदेखि सुदृढ बनाउँदै कार्यकर्ताबीच समन्वय, जनतासँगको सम्बन्ध विस्तार र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनले पार्टीभित्र सहमति र संगठनात्मक एकतालाई प्राथमिकता दिँदै नेतृत्व चयन गरेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update