हेटौँडामा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीमाथि हतियार देखाउँदै आक्रमणको प्रयास, एक राउण्ड हवाई फायर गरी दुई जना नियन्त्रणमा।

हेटौँडा, २८ कात्तिक । सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मकवानपुरको हेटौँडाबाट लोडेड पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
अवैध सामान ल्याउँदै गरेको सूचनाका आधारमा २०८३ साल कात्तिक २८ गते बिहान ११ः४० बजे एपीएफ इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिक शंकास्पद अवस्थामा रहेको अटो रिक्सा (नम्बर बा.प्र.०३–००१–ह ११८१) लाई रोक्ने प्रयास गरेको थियो।
सो क्रममा अटोमा सवार व्यक्तिले ब्युरोको टोलीमाथि फायर गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको जनाइएको छ। त्यसपछि टोलीले अटोमा सवार दुई जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट लोडेड सेमि अटोमेटिक पेस्तोलसहित विभिन्न सामग्री बरामद गरेको हो।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update