Birgunj News24
देवानगञ्ज घटनाको विरोधमा वीरगंजमा हिन्दुवादी संगठनको प्रदर्शन।

 ११ साउन , वीरगन्ज सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा हिन्दुवादी संगठनहरूले सोमबार साँझ वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन्।

माईस्थान मन्दिर परिसरबाट सुरु भएको विरोध र्‍याली आदर्शनगर, अलखियामठ र घडिअर्वा हुँदै घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए।
 सहभागीहरूले गृहमन्त्री मुर्दावादू, बालेन सरकार मुर्दावाद,हिन्दूमाथि गोली चलाउन पाइँदैन,जिहादी भगाऊ, देश बचाऊ,हिन्दू मार्न पाइँदैन तथा सेकुलर नेता मुर्दावाद लगायतका नाराबाजी गरेका थिए। 

घण्टाघर पुगेपछि प्रदर्शनकारीहरूले केहीबेर टायर बालेर विरोध जनाएका थिए।  सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।


सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर आईतबार अबेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। वीरगञ्जमा भएको प्रदर्शन पनि सोही घटनाको विरोधस्वरूप आयोजना गरिएको आयोजकले बताएका छन ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update