Birgunj News24
शान्ति, सुरक्षा र सामाजिक सद्भावमा योगदान पुर्‍याउने राजपूत प्रहरी दिवसमा सम्मानित।

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज , पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न ७१ औं प्रहरी दिवस २०८३ को विशेष समारोहमा समाजसेवी मनिष कुमार सिंह राजपूत सम्मानित हुनुभएको छ।   

वीरगंज महानगरपालिका वडा नं. १८ निवासी समाजसेवी मनिष कुमार सिंह राजपूतलाई समाजमा शान्ति, सुरक्षा, अमन चयन तथा सामाजिक सद्भाव कायम गर्ने कार्यमा नेपाल प्रहरीलाई पुर्‍याउनुभएको महत्त्वपूर्ण सहयोगको उच्च मूल्यांकन गर्दै प्रशंसा-पत्र प्रदान गरिएको हो।   

पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीले उहाँलाई उक्त प्रशंसा-पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रशंसा-पत्रमा समाजसेवी राजपूतले समाजमा पुर्‍याएको योगदानको सराहना गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहयोगको अपेक्षाका साथ उहाँको उत्रोत्तर प्रगतिको कामना गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update