Birgunj News24

पर्सा । बाराको विश्रामपुर गाउँपालिका–बलिरामपुरबाट तस्करी गरी ल्याइएको कपडा पर्साको इनर्वा क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेको छ।

प्राप्त जानकारीअनुसार, बाराको विश्रामपुर गाउँपालिका क्षेत्रबाट ल्याइएको भनिएको उक्त कपडा पर्साको इनर्वामा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।

सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको विषयले सीमा सुरक्षा तथा भन्सार छली नियन्त्रणमा चुनौती थपिएको छ। बरामद कपडाको परिमाण, मूल्य तथा घटनामा संलग्न व्यक्तिबारे भने थप विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update