Birgunj News24
नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले दिए उम्मेदवारी।

२० असोज, काठमाडौँ । नेपाली कांग्रेसको सभापतिको लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रियामा बागमती प्रदेश क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति खड्गीले सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

गत सोमबार मात्रै पत्रकार सम्मेलनमार्फत सभापतिमा लड्ने घोषणा गरेका खड्गीले आज दिउँसो निर्वाचन समितिमा पुगी औपचारिक रूपमा उम्मेदवारी पत्र बुझाएका हुन् । गत असोज १८ गतेदेखि काठमाडौँमा सुरु भएको यस महाधिवेशनको उम्मेदवारी दर्ता कार्यक्रमले यतिबेला राजनीतिक वृत्तमा विशेष सरगर्मी बढाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update