Birgunj News24
वीरगञ्ज– बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज– बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको टोलीले सोमबार सिम्रौनगढ नगरपालिका ६, सलेमपुरबाट पेस्तोल र गोलीसहित कुशवाहालाई पक्राउ गरेको हो।

उनको साथबाट कटुवा पेस्तोल दुई थान, गोली ५ राउन्ड र मोबाइल एक थान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नंबर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एंव सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।

पेस्तोल र गोलीसहित पक्राउ परेका कुशवाहालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update