Birgunj News24
नागरिकताको समस्या सम्बोधनका लागि आफुलाई जिताउन चौरसियाको आग्रह

वीरगञ्ज, २९ कार्तिक । पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले मंसिर ४ को निर्वाचन पछि नेपाली काँग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र उक्त सरकारले नागरिकताको समस्या सम्बोधन गर्ने बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा मङगलबार काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमालेको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर रोकेर राखेकी छन् , मंसिर ४ पछि काँग्रेस नेतृत्वको गठबन्धनकै सरकार बन्छ, राष्ट्रपति पनि फेरिन्छ, अनि त्यो सरकारले पहिलो काम नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउछ ।

चौरसियाले देशभरि नै काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको लहर चलेको भन्दै अबको निर्वाचनबाटै एमाले र जसपाको पत्ता साफ हुने भएकाले कुनै दुविधामा नपरि काँग्रेसलाई अत्याधिक मतले जिताउनका लागि लागी पर्न अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।

चौरसियाले भने, ‘जब जब मधेसको लागि काँग्रेसले पहलकदमी लिएको छ तब तब एमालेले भाँजो हाल्ने काम गर्दै आएको छ, अहिले चुनावमा केहि सिटको लोभमा जसपाले पनि उसैलाई साथी बनाएको छ, यसले जसपाको मधेस प्रति रहेको कुनियत उदाङगो भएको छ ।

भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका नेता राकेश सिंह, बुथसभापति उंव पूर्व वडा अध्यक्ष रामनगीना साह कानु, काँग्रेसका नगर सहसचिव दिपक साह, युवा नेता धिरज गुप्ता, महिला नेतृ रुपा श्रेष्ठ लगायतको सहभागीता थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update