पर्सा प्रहरीद्वारा माछा बोकेको मिनी ट्रक नियन्त्रणमा, बढी माछा र नेपाल सरकार ले प्रतिबन्ध लगाएको माछारहेकाे आशंका मा प्रहरी ले आफ्नो नियन्त्रण मा लिई अनुसंधान सुरु गर्यो।
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको मिनी ट्रक नियन्त्रणमा लिएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, माछा बोकेको उक्त मिनी ट्रकमा तोकिएको भन्दा बढी माछा रहेको तथा नेपाल सरकार ले प्रतिबन्ध लगाएको माछा रहे काे आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको गाडीको नम्बर प्रदेश–२००–१–ख–७०७४ रहेको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान तथा आवश्यक जाँचबुझ गरिरहेको बुझिएको छ।
यद्यपि, गाडी नियन्त्रणमा लिनुको वास्तविक कारण, माछाको परिमाण तथा अन्य विवरणबारे प्रहरीको आधिकारिक जानकारी आउन बाँकी रहेको छ।
यस घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ ०६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


