वीरगञ्ज – बारा प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आएका भारत बिहार मोतिहारी पूर्वी चम्पारण अगरवा ग्राम वडा नम्बर २ २८ वर्षीय मोहन प्रसाद यादव लागुऔषधसहित पक्राउ परेका हुन् ।
मोटरसाईकलको पछाडी बोरामा प्याक गरेर ल्याइरहेको अवस्थामा नौ सय पिस डाइजेपाम, नौसय पिस फेनारगन र नौ सय पिस नुर्फिनसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
सीमावर्ती क्षेत्रबाट औषधीजन्य लागुऔषध दिनहुँ नेपाल भित्रिरहेको छ । यस्ता लागुऔषधको सेवनको लतमा नेपाली युवाहरु परेका छन् । अहिले प्रहरीलाई नेपालमा प्रतिबन्धित यस्ता औषधीजन्य लागुऔषध नियन्त्रण टाउको दुखाईको विषय बनेको छ ।



