Birgunj News24
आज चन्द्र ग्रहण लाग्दै, नेपालबाट पनि देखिने 

वीरगञ्ज, २२ कार्तिक । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षीण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिषी सुरेन्द्र रिजालले जानकारी दिए । 

यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ । कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए । 

सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ । मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको रिजालले बताए । 

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखीन्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update