Birgunj News24
झापामा निर्वाचनको तयारी अन्तिम चरणमा 

झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार भद्रपुरमा निर्वाचनमा सञ्चार माध्यममको भूमिको विषयक कार्यक्रमको आयोजना गर्दै निर्वाचनको तयारीका विषयमा जानकारी गराएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले निर्वाचकको तयारीका विषयमा जानकारी दिए । 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएर ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता भएको उहाँले बताए । झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष मतदाताको संख्या रहेको र महिला मतदाताको संख्या ३ लाख ३२ हजार २ सय ५९ रहेको उनले बताए । 

त्यस्तै जिल्लामा ८ जना अन्य समूहका मतदाताको संख्या रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update