Birgunj News24
वीरगञ्जमा जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

वीरगञ्ज, २४ असोज । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

आइतबार मनोनयन दर्ता सम्पन्न भए लगतै जसपाले वीरगञ्जमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेर निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाएको हो । 

सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्जमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । वनमन्त्री यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् ।

वीरगञ्जको मुर्ली टोलमा स्थापित कार्यालयको यादवले रिबन काटेर उद्घाटन गरेको थिए  । क्षेत्रीय सम्पर्क कार्यालयबाट आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुने पार्टीले जनाएको छ । 

क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गर्दै यादवले आगामी निर्वाचनमा आफू निर्विकल्प भएको बताए । पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेर आफूले क्षेत्रमा विकासको लहर ल्याएको दावी गर्दै जनताले आफ्नो कामको मूल्यांकन गरेर पुन: निर्वाचित गराउने बताए । यादव यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उद्घाटनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका सभापति अजय सोनार, पूर्व सभापति नेक मोहम्मद मियाँ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update