Birgunj News24
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छट पर्व सम्पन्न 

वीरगञ्ज, १४ कार्तिक ।  आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत सम्पन्न भएको छ । 

जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको हो  । यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यकलाई अर्घ दिइएको थियो ।

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व सम्पन्न भएको हो । 

उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने प्रचलन छ ।

छठ पर्वमा विवभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ ।  छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । महापर्वको रुपमा छठ मनाउने गरिएकोले मधेश सरकारले आजको दिन बिदा दिँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update