Birgunj News24
पर्सामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभामा ८२ जना स्वतन्त्र उम्मेदवार लडदै

वीरगञ्ज २४ असोज । पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ ।

मुख्य राजनीतीक दलहरुले चुनावी तालमेल गरेर चुनावका लागि होमिएपछि टिकट नपाउँदा अधिकांश स्वतन्त्र उम्मेदवारी दिएको पाइएको छ । खासगरी मधेसी केन्द्रित दलहरूमा आबद्ध नेताहरुले नै स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

जस मध्य पर्सामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा छ । आइतबार भएको मनोनयनमा पर्सामा कूल १४४ जनाको उम्मेदवारी परेको हो । तीमध्ये  स्वतन्त्र उम्मेदवारको संख्या ८२ छ । 

चार प्रतिनिधिसभा सदस्यका लागि ५०  जनाको उम्मेदवारी परेकोमा २४ जना स्वतन्त्र उम्मेदवार छन् । 

पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये दलगतरुपमा १० जनाको र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताए । 

त्यस्तै प्रदेशसभा सदस्यका लागि पर्सा १ को (क ) मा १७ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  त्यसैगरी प्रदेश तर्फको पर्सा १ को (ख) मा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले  बताए ।

त्यस्तै पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतीनिधी सभा सदस्य तर्फ ११ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी पर्सा क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै पर्सा २ को खतर्फ प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुशील देवकोटाले बताए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यमा पर्सा ३ को (क) बाट  १३ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै पर्सा ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएकोमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतीनीधीसभा सदस्य तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी पर्सा ४ को (क) मा प्रदेश सभा सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ४ को (ख) बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको क्षेत्र ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए ।

हाल सम्म प्राप्त भएको बिवरणहरुका अनुसार जसपा पर्सामा सबै भन्दा बढी असन्तुष्टी देखिएको छ । यद्यपी नेताहरुले बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता हुने दावी गरी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update