Birgunj News24
प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update