Birgunj News24
सेस्मी इन्टरनेशनल स्कुलमा किन्डर जोय सेलेब्रेशन २०२३ सम्पन्न |

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरमा रहेको सेस्मी इन्टरनेशनल स्कुलले आज एक कार्यक्रमको आयोजना गरी किन्डर जोय सेलेबरेसन उत्सव मनाएको छ ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न धर्म, कला एवं संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापिका आशमा सिंह यादवले स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षामा उच्च प्राथमिकतामा राख्नुका साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासकालागि विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिरहेको जानकारी गराउनु भएको छ ।

विद्यालयकी प्रधानाध्यापिका आशमा सिंह यादवको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वरिष्ठ दन्त चिकित्सक डा. सोनी झा ठाकुर, वीरगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, लायन्स क्लबकी डिष्ट्रिक्ट प्रोग्राम चेयरपर्सन लायन गुड्डी जोशी, आमा नेपाल फाउण्डेसनकी अध्यक्ष प्रमिता मानन्धर, वरिष्ठ पत्रकार विजय कुशवाहा, स्थानिय समाजसेवी उपेन्द्र चौबे लगायतले आ-आफनो शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक एवं अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update