Birgunj News24
न्युज कारखाना  खोटाङ, १९ फागुन । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।  दुई तीन दिनदेखि बिरामी परेका सदा बिहीबार भने काममा जान सकेका थिएनन् । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका थिए । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । मजदुरको काम गर्दै आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दै आएका थिए । 
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update