Birgunj News24
नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति

न्युज कारखाना

काठमाडौं, १८ फागुन

नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।

त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update