Birgunj News24

काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। 

इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान  १०ः ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४  मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाली यू–१९ टोल

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे ९विकेटकिपर०, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update