Birgunj News24
घण्टाघरलाई सँधै झिलिमिली बनाउने काम भइरहेको मेयर सिंहको भनाई

वीरगञ्ज, ७ कार्तिक । दीपावलीका बेला पनि घण्टाघरमा झिलिमिली बत्ती नलगाइएको विषयमा सामाजिक सन्जालमा आइरहेको टिप्पणी प्रति वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ध्यानाकर्षण भएको छ ।

सोमबार दिउँसो आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै मेयर सिंहले दीपावलीमा पनि घण्टाघरमा बत्ती जडान नभएको विषयलाई लिएर सामाजिक सञ्जालमा आइरहेका टिप्पणी र विचारलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

उनले घण्टाघरमा दशैं दीपावलीका लागि मात्रै नभइ बर्ष भरिकै लागि दीर्घकालीन रुपमा झिलिमिली बत्ती जडान गर्ने काम अगाडि बढी सकेको र छिट्टै त्यो कामले पूर्णता पाउने बताएका छन् ।

त्यही कारण अहिले तत्काल बत्ती नलगाइएको उनले प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘क्षणिक काम भन्दा दीर्घकालीन उज्यालोको काम होस् भन्ने हाम्रो चाहना हो, मलाई आशा छ यहाँहरूले यो विषयलाई त्यसैगरी बुझिदिनुहुनेछ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update