सुर्खेत, १६ फागुन । वीरेन्द्रनगर नगरपालिकावाट खैरो हिरोइनसहित एक पक्राउ परेका छन् ।
बिरेन्द्रनगरनगरपालिका– ६ खोर्के लाईन सदभावना टोल डेरा गरी बस्ने झापा दमक उपमहानगरपालिका–९ घर भएका २५ वर्षीय सन्दीप बराइलीलाई अवैध लागूऔषध ब्राउनसगुरसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खैरोहिरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ र नगद ३ हजार ६ सय ४५ रूपैयाँसहित फेला पारेकाे हाे ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



