Birgunj News24

भृकुटीमण्डप जग्गा सस्तो दिने दुई पुर्ब मन्त्रीहरु माथी भ्रष्टाचार ठहर 

काठमाडौं, १६ फागुन । ्विशेष अदालतले पुर्व मन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपाने लाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टी नेता न्यौपानेलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको हो 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पुर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालतले आज दोषी ठहर गरेको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update