Birgunj News24

काठमाडौं, १५ फागुन  । प्रभु साह नेतृत्वको पार्टी आम आदमी पार्र्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगले संघीय संसद सचिवालाई लेखोको पत्र अनुसार गत पुस ३० गते सो पार्टी आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले सो पार्टी आयोगमा दर्ता भएको  जानकारी हालै संसद सचिवालयलाई पठाइएको छ । ‘बैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नम्बकर १६८ मा दर्ता भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको’ भन्दै  आयोगले संसद सचिवालयमा पत्राचार गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update