Birgunj News24
काठमाडाैं, १५ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।   पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।   यसअघि घरेलु मौदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।   नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ ।  । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेकाे हाे ।   नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update