Birgunj News24
भाजपाबाट पहिलोपटक बिहारको नेतृत्व, सम्राट चौधरी बने मुख्यमन्त्री।

पटना — सम्राट चौधरी ले बिहार का २४ औँ मुख्यमन्त्रीका रूपमा बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई राज्यपाल अता हसनैन ले शपथ खुवाएका हुन्। यससँगै चौधरी बिहारमा भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका छन्।

यसअघि मुख्यमन्त्री रहेका नीतीश कुमार ले पदबाट राजीनामा दिएपछि राज्यमा नयाँ सरकार गठनको बाटो खुलेको हो। चौधरीसँगै बिजेंद्र यादव र विजय कुमार चौधरी ले उपमुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

मंगलबार (अप्रिल १४) भाजपा विधायक दलको नेतामा चयन भएपछि चौधरीले राज्यपाल समक्ष सरकार गठनको दाबी पेश गरेका थिए। शपथ ग्रहण समारोहमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन आबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। शपथअघि उनले एक मन्दिरमा पुगेर पूजा–अर्चना गरेका थिए।

राजीनामापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नीतीश कुमारले आफ्नो कार्यकालमा बिहारको विकासका लागि उल्लेखनीय काम गरेको दाबी गरेका छन्। साथै उनले नयाँ सरकारलाई पूर्ण सहयोग र मार्गदर्शन रहने बताएका छन्।

हाल बिहार विधानसभामा एनडीए गठबन्धनसँग २०२ सदस्यहरूको समर्थन रहेको छ। अब सम्राट चौधरीको नेतृत्वमा नयाँ सरकारले राज्यको शासनभार सम्हाल्नेछ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update