Birgunj News24
अमेरिकामा नेपाली सुन पसल सञ्चालकको गोली हानी हत्या, सुनचाँदी लुटेर फरार ।

अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा आफ्नै ‘एभरेस्ट ज्वेलर्स’ नामक सुन पसल सञ्चालन गर्दै आएका नेपाली नागरिक तारा सेन्चुरीको गोली हानी हत्या भएको छ। लुटपाटका क्रममा उनको हत्या भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार, अक्टोबर २० मा दिउँसो करिब १२:५४ बजे स्थानीय ६६७९ डिक्सी हाइवेमा रहेको उक्त सुन पसलमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले पसलभित्र एक पुरुषलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।

परिवारका सदस्यले मृतक पसलका सञ्चालक रहेको पुष्टि गरेका छन्। लुटेराहरूले पसलबाट सुनचाँदी लुटेर फरार भएको विवरण प्राप्त भए पनि घटनामा लुटिएको सामग्रीको परिमाणबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रहरीले घटनालाई लुटपाट र हत्याका रूपमा अनुसन्धान गरिरहेको छ। समाचार सार्वजनिक हुँदासम्म मृतकको नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको थिएन र घटनामा संलग्न कसैलाई पक्राउ गरिएको जानकारी पनि आएको थिएन।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update