Birgunj News24
 गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित 

वीरगञ्ज, १२ फागुन ।  गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठक गत ४ मंसिरमा सम्पन्न आम चुनावपछिको बाह्रौं बैठक हो ।

अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको विषयगत समिति (संसदीय समिति)मा गणपूरक संख्या नपुग्ने समस्या ठूलो समस्याको रुपमा देखा परेको थियो । त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर संसदको बिजनेश अगाडि बढ्न सकेन ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित आएको अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

कार्यसूची अनुसार प्रतिनिधिसभामा प्रधनमन्त्री प्रचण्डको तर्फबाट सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरिन् । त्यसमाथि सांसदहरुले छलफलमा भाग लिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले दिइन् ।


त्यसपछि सभामुख देवराज घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न खोजे । लगत्तै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या यकिन गर्न माग गरे ।

३ मिनेट घण्टी बजाएर यकिन गर्दा प्रतिनिधिसभामा जम्म ५० जना मात्रै सांसद उपस्थित रहेको थाहा लाग्यो । विधेयकलाई निर्णयार्थ प्रस्तुत हुन २७५ को एक चौथाई सांसद (६९ सांसद) आवश्यक पर्छ ।

यस सम्बन्धी व्यवस्था संविधानको धारा ९४ मा छ । जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’

प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकार र सत्तापक्ष नै उदासिन भएपछि यो रोग अलि अलि यता (प्रतिपक्ष)तिर पनि सरेको छ । किनभने संक्रमण भयो । अब प्रतिपक्ष पन स्वतः उदासिन हुने भयो ।’ उनको प्रश्न छ, ‘सरकारकै उत्साह मरेपछि प्रतिपक्षले के गरी उत्साह जगाउने सभामुख महोदय ?’
एक चौथाई सांसद उपस्थित नरहेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरे । अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

आम चुनावपछिको पहिलो अधिवेशनमै त्यसमाथि बाह्रैं बैठकमै गणपूरक संख्या नपुग्नुलाई दुखद भन्छन् कांग्रेस प्रमुख सचेतक लेखक । ‘प्रारम्भमै नेपाल सरकार यो सदनप्रति अत्यन्त ज्यादा उदासिन देखियो’ उनले थपे, ‘सदनप्रति सरकार उदासिन भइसकेपछि सत्तापक्ष उदासिन भयो ।’

सत्तापक्षमा प्रशस्त पार्टीहरु रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो संख्या (सत्तापक्षका सांसदहरु) गन्दा निकै छ । त, हाउसमा गणपूरक संख्या पुग्दैन ।’ सरकार र सत्तापक्ष नै उदासिन भएपछि संसदमा उपस्थित नहुने प्रवृति प्रतिपक्षमा पनि देखा परेको उनले स्वीकार गरे । 

प्रमुख सचेतक लेखकले भने, ‘सरकार र सत्तापक्ष नै उदासिन भएपछि यो रोग अलि अलि यता (प्रतिपक्ष)तिर पनि सरेको छ । किनभने संक्रमण भयो । अब प्रतिपक्ष पन स्वतः उदासिन हुने भयो ।’ उनको प्रश्न छ, ‘सरकारकै उत्साह मरेपछि प्रतिपक्षले के गरी उत्साह जगाउने सभामुख महोदय ?’ यस्तो प्रबृतिले सरकार, सत्तापक्ष र प्रतिपक्ष कसैलाई पनि ठीक ठाउँमा नपुर्याउने लेखक बताउँछन् ।

प्रमुख प्रतिपक्षले समेत साथ दिन तयार रहेको भनिरहँदा समेत सरकारी विधेयकलाई संसदले अगाडि बढाउन नसक्ने अवस्था प्रारम्भमै देखापर्नु बिडम्बनापूर्ण रहेको प्रमुख सचेतक लेखकले दोहो¥याएका छन् । उनी थप्छन्, ‘विधेयक राम्रो छ, हामी स्वागत गर्छौं भनिराखेका छौं । तर, गणपूरक संख्या पुग्दैन । प्रारम्भमै यस्तो उदासिनता हुनु राम्रो होइन ।’

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update