Birgunj News24
व्यवसायिक अवधारणाको विकासका लागि हल्ट प्राइज 

वीरगञ्ज, ११ फागुन ।  उद्यम तथा व्यवसायिक अवधारणाको विकास गर्ने अभिप्रायका साथ आयोजित हल्ट प्राइजको फाइनल यही फागुन १३ गते हुने भएको छ । वीरगञ्ज पब्लिक कलेजको हल्ट प्राईजको सेमी फाइनल सम्पन्न भएसँगै अब फाइनलको तयारी भइरहेको हल्ट प्राइजकी सार्वजनिक सम्बन्ध प्रबन्धक (पिआर म्यानेजर) सुरक्षा पन्तले बताइन् । 
पन्तकाअनुसार फागुन ७ गते वीरगञ्जको ब्रह्म चौकस्थित ओम होटल एण्ड पार्टी प्यालेसमा हल्ट प्राइजको सेमी फाइनल सम्पन्न भएको थियो । सेमी फाइनलमा पुगेका ६ वटा समूहले व्यवसाय सम्बन्धी विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । अलाइन्स फर सस्टेनाबिलिटी, फ्यास रेम्स, गरुड, ग्यालरी, क्रयाब्स र द ब्वाइस समूहले विभिन्न किसिमका व्यवसायिक अवधारणाहरु प्रस्तुत गरेको हल्ट प्राइज बिपिसीकी क्याम्पस डाइरेक्टर सञ्चिता पन्तले जानकारी दिइन् । वातावरण संरक्षण, वायु प्रदुषण नियन्त्रण लगायतका क्षेत्रलाई समेटिएका अवधारणा सहभागीहरुले प्रस्तुत गरेको पन्तले बताइन् । 

सेमीफाइनलमा नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष राकेश साह, मञ्चका कार्यकारिणी सदस्य विश्वास प्रताप साह, मोहित ग्रुपका कार्यकारी निर्देशक मोहित गुप्ता र विक्की कुमार गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
व्यवसायिक र आत्मनिर्भर बनाउनुका साथै जागिर खाने भन्दा पनि रोजगारको सृजना गर्ने वातावरणको निर्माणमा हल्ट प्राइज कार्यक्रम सहयोगी हुने मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्यको बुझाई छ ।

हल्ट प्राइज बिपिसी कलेजका लागि सहायक क्याम्पस डाइरेक्टर पुजा मुन्धरा, सौरभ अग्रवाल, प्रोजेक्ट म्यानेजर आकृती राउत, रवी कर्ण, पुजा साह, सामाजिक सञ्जाल व्यवस्थापक सिम्रन साह र कृति जैसवाल, ग्राफिक डिजाइनर राकेश कुमार साह, प्रायोजक व्यवस्थापक फर्जना सुल्ताना र नबिल समानी, कन्टेन्ट राइटरमा आकृती भट्टराई र फोटोग्राफीमा अनिशा हमालले जिम्मेवारी निर्वाह गरीरहेका छन् । 

गत भदौ १६ गतेदेखि सुरु भएको हल्ट प्राइज बिपिसीमा १५ जनाले सहभागिता जनाएका थिए । ति मध्येबाट फाइनलमा ६ वटा समूह प्रवेश गरेका छन् । फाइनलमा बिजेता हुने समूहले रिजनल हल्ट प्राइजमा सहभागिता जनाउने पिआर म्यानेजर सुरक्षा पन्तले जानकारी दिइन् । 

कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन भिसा सर्भिस रहेको छ भने गोल्ड स्पोन्सरमा वीरगञ्ज महानगरपालिका रहेको छ । त्यस्तै सिल्भर स्पोन्सरमा मोहित ग्रूप, ब्रोन्ज स्पोन्सरमा बि.के. इम्पोरियम प्रा.ली. रहेको छ । 
सहायक प्रायोजकमा ईजी इट्स, फेशन डटकम, ह्यास्ट्याग पिजा, सुपर नोभा, सुपर प्रिन्ट जोन अफसेट प्रेस, कादम्बरी एकेडेमी, भिडोल लुब्रिकेन्ट्स रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update