Birgunj News24
इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन।

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

इन्डियन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेपछि तामाङ नेपालमा अत्यन्त चर्चित बनेका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ लोकप्रिय छन्।

गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय तामाङले बलिउड अभिनेता सलमान खानको फिल्म ब्याटल अफ गलवानबाट बलिउडमा डेब्यू गरेका थिए।
उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update