Birgunj News24
वीरगञ्ज ७ मा ४५ दिने निशुल्क सिलाईकटाई तालिम सुरु  

वीरगञ्ज, ८ फागुन ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा ४५ दिने निःशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोगमा सरिता सीप कला केन्द्र वीरगञ्जले सिलाईकटाई तालिमको आयोजना गरेको हो ।

वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनले तालिमको उद्घाटन गरेका हुन् । आफ्नो वडाका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने अभिप्रायका साथ तालिम सञ्चालन गरिएको वडाअध्यक्ष महर्जनले बताए । सीपले नै महिला आत्मनिर्भर हुने र महिला सशक्तीकरण हुने धारणा महर्जनको छ । 

सिलाईकटाई तालिमले घरमै बसेर पनि आयआर्जन गर्न सकिने हुँदा तालिमको भरपुर फाइदा लिई लाभ लिन उनले आग्रह गरेका छन् । तालिममा वडाका ७० जना महिलाहरु सहभागी छन् ।

सरिता सीप कला केन्द्र वीरगञ्जकी अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा भएको तालिमको उद्घाटतकार्यक्रममा वडा सदस्य काशी साह तुरहा, मनोज मिश्रा, तालिम संयोजक बंशीधर गुप्ता लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमिला कुमारी, सब्बु खातुन र राधा चौधरीले प्रशिक्षण दिनेछन् ।

कार्यक्रमको सहजीकरण आकृती श्रेष्ठले गरेकी थिइन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update