Birgunj News24

न्युज कारखाना

कास्की, ७ माघ 

पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । 'ब्रेक फेल' भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update