Birgunj News24
पर्सा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुप्ता जनताको घरदैलोमा

वीरगञ्ज, ५ कार्तिक ।  पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले घरदैलोलाई निरन्तरता दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुप्ता शनिवार बिहान पर्साको पटेर्वासुगौली गाउँपालिकामा पुगेका थिए । 

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले पटेर्वासुगौली गाउँपालिकाका मनिअर्वा, आकवा, देउरिया, निचुटा लगायतका गाउँका मतदातासँग भेटघाट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै गुप्ताले जनतासँगको भेटघाटलाई तिव्रता दिएका हुन् । 

गुप्ताको घरदैलोमा नेकपा एमालेका नेतासँगै जसपाका नेता एवम् कार्यकर्ता तथा उनका समर्थकहरुको पनि सहभागिता रहेको छ । कांग्रेसले ३ पटक जितेको भएपनि गाउँठाउँको विकास नभएको बताउँदै त्याहाँका जनताले यसपटक गुप्तालाई नै जिताउनुपर्ने बताएका छन् । 

घरदैलोमा प्रदेश सभा सदस्य पदका उम्मेदवार मंजूर अंसारी, नेकपा एमाले पर्सा जिल्ला कमिटीका उपसचिव संजिव मिश्रा, पटेर्वासुगौली गाउँपालिका पूर्व अध्यक्ष हरिनारायण चौधरी, राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम, नेता हनिफ अंसारी, वासुदेव चौधरी, मन्तुरा देवी, गम्भीरा साह, विकाश पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update