Birgunj News24
खो खो मा वीरगञ्ज महानगरको विजयी सुरुवात

वीरगञ्ज ।  भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिताको दोस्रो दिन शनिबार बिहान भएको खेलमा बनेपा नगरपालिकालाई हराउँदै वीरगञ्ज महानगरले विजयी सुरुवात गरेको हो । 

वीरगञ्ज महानगरले बनेपालाई २३-४ को सोझो सेटमा हराउँदै जित हात पारेको वीरगञ्ज महानगर टिमका  लिडर अमित अग्रवालले जानकारी दिए । 

विजयी सुरुवात गरेको वीरगञ्ज महानगरले आजै दिउँसो भक्तपुर नगरपालिका 'वी' सँग प्रतिष्पर्धा गर्दै छ । 

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि जारी प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिम प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update