काठमाडौं, १७ कात्तिक।
अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार-ए-शरीफनजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान भूकम्प गएको हो। भूकम्पको केन्द्र खुल्म सहरबाट करिब २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिमतिर रहेको बताइएको छ। यसको गहिराइ २८ किलोमिटर मापन गरिएको छ।
स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो। अहिलेसम्म जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन।
अफगानिस्तान पछिल्ला वर्षहरूमा लगातार भूकम्पीय गतिविधिबाट प्रभावित हुँदै आएको देश हो। उत्तरी र पश्चिमी क्षेत्रमा विगतमा समेत ठूला भूकम्पहरूबाट ठूलो क्षति भएको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



