Birgunj News24
कान्तिपुर मलमा सामान किन्नुहोस्, उपहार जित्नुहोस्

वीरगञ्ज, ५ कार्तिक ।  काठमाडौं  नयाँ बसपार्कमा रहेको कान्तिपुर मलमा दशैंको चहलपहल सकिए पनि व्यापारको रौनक भने घटेको छैन । कान्तिपुर मल व्यापारिक मलहरुमा पुरानो मल मानिन्छ । चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न यस मलले विभिन्न योजनाहरु ल्याउने गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको छ । विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क, गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि  दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ ।

मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ । आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको हो । कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् ।

उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिए । कार्तिक महिनाको अन्त्य सम्म कान्तिपुर मलमा रु एक हजार भन्दा माथिको सपिङ गर्दा ग्राहकहरुले उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि, चौथो पुरस्कार सान्सुई कम्पनीको २ सय लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कारहरुमा मेमा कम्पनिको घडी, आईरन, लाईट लगायत छन् ।

चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update