Birgunj News24
हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, २९ घाइते।

उत्तराखण्ड, भारत – श्रावण ११
उत्तराखण्ड राज्यको हरिद्वारस्थित प्रसिद्ध मनसादेवी मन्दिर परिसरमा आइतबार बिहान भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ भने २९ जना भक्तजन घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार अत्यधिक भीडका कारण भगदडको अवस्था सिर्जना भएको हो। मन्दिरको उकालो बाटोमा तार समाउँदै अघि बढिरहेका मानिसहरू अचानक भागाभाग गर्न थालेपछि दुर्घटना भएको हो। सुरुवाती खबरहरूमा केही तार च्यातिएर करेन्ट लागेको आशंका गरिएको थियो, तर प्रहरीले यो सूचना असत्य भएको स्पष्ट पारेको छ।

हरिद्वारका वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) प्रमेन्द्र सिंह डोभालले बताए अनुसार, “घटनामा ३५ जना घाइते भएका थिए। तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ।”

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update