Birgunj News24
नेपाल भोजपुरी समाज र रेडियो सञ्चालकबिच छलफल

वीरगञ्ज, १ फागुन । वीरगञ्जमा पनि विश्व रेडियो दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल भोजपुरी समाजले वीरगञ्जबाट प्रसारीत एफ.एम रेडियोका सञ्चालक तथा स्टेशन प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । 

समाजका अध्यक्ष ध्रुबसिंह ठकुरीको अध्यक्षतामा भएको छलफलमा सहभागीहरुले रेडियोलाई व्यावसायिक एवम् मर्यादित बनाउनुपर्नेमा जोड दिए । सामाजिक सञ्जाल तथा बढ्दो प्रविधिको प्रयोगले रेडियोमा चुनौती थपिएको हुँदा परिस्कृत एवम् परिवर्तीत ढंगले श्रोताको मागबमोजिमका सामाग्री रेडियोले पस्किनुपर्नेमा वक्ताहरुको जोड थियो । समाजमा विद्यमान बेतिथी एवम् बिसंगतीहरुको बारेमा विरोध गर्दै जनताका आवाज रेडियोले बोल्नुपर्ने वक्ताहरुको भनाई थियो । 

कार्यक्रममा सामुदायिक रेडियो नारायणी एफएमका स्टेशन प्रमुख बिदुर गौतम, पब्लिक एफएमका निर्देशक शम्भु महतो थारु, रेडियो तराईका अध्यक्ष अजय यादव, रेडियो समग्रमधेशका सञ्चालक श्यामप्रसाद गुप्ता, र रेडियो सान्भीका स्टेशन प्रमुख सतेन्द्र यादव लगायतले एफ.एमको अवस्था, चुनौती र अवसरका बारेमा धारणा राखेका थिए । 

छलफलमा समाजका सल्लाहाकार मनोज मिश्रा, कोषाध्यक्ष अशोक कुशवाहा, सदस्य राजकुमार सर्राफ लगायतको उपस्थिती रहेको समाजका सचिव राजेन्द्र सिंह राजपुतले जानकारी दिए । 

भोजपुरी कला, संस्कृतिको संरक्षणको क्षेत्रमा समाजले काम गरीरहेको बताउँदै सचिव राजपुतले यस्ता गतिविधि रेडियो लगायतका सञ्चार माद्यममार्फत समाजलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update