वीरगञ्ज, ४ कार्तिक । शुक्रबार स्थानीय वायुको सामान्य प्रभावले मौसममा प्रभाव पर्ने देखिएको छ ।
नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मुलुकका पहाडी भेगमा बदली हुने देखिएको पूर्वानुमान छ । मौसम बदलीसँगै केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।
शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यता गण्डकी र लुम्बिनीका केही स्थान र पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



